Connect with us

समसामयिक

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछन् ।

जसअनुसार अर्थ समिति बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । सो बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुने समितिले जनाएको छ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ । जसका लागि अपरान्ह १२ः१५ बजे बैठक बोलाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.