Connect with us

अन्तर्राष्ट्रिय

माइक्रोसफ्टले एआईमा २३ अर्ब डलर लगानी गर्दै

Published

on

माइक्रोसफ्टले मंगलबार एआई (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा लगभग २३ अर्ब डलरको नयाँ लगानी गर्ने घोषणा गरेको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतलाई प्राप्त हुनेछ ।

कम्पनीका सीईओ सत्या नडेलाले भने, “हामी भारतमा १७.५ अर्ब डलर लगाउनेछौँ । सबैभन्दा ठूलो एआई र क्लाउड पूर्वाधार (ढाँचा) निर्माण गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।”

यो लगानी पहिले घोषणा गरिएको तीन अर्ब डलरको लगानीभन्दा अलग हुने बताइएको छ । पहिलो नयाँ डाटा सेन्टर २०२६ को मध्यमा सञ्चालनमा आउने तयारीमा छ ।

बढ्दो एआई मागलाई पूरा गर्न र गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई टक्कर दिन माइक्रोसफ्ट विश्वभर आफ्नो क्लाउड क्षमता बढाइरहेको छ ।

कम्पनीले आजै क्यानडामा पनि अर्को दुई वर्षमा ७।५ अर्ब क्यानेडियन डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।
रोयटर्स

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.