Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतंकवादीको नियन्त्रणमा

Published

on

पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतंककारीहरुले नियन्त्रणमा लिएका छन् ।

यात्रुबज रेलका नौ बोगीमा ४०० भन्दा बढी यात्रुहरू रहेको सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरुले नियन्त्रणमा लिएको जियो न्यूजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आतंककारीहरूले सुरुङमा रेल नियन्त्रणमा लिएर यात्रुहरूलाई बन्धक बनाएका थिए । साथै उनीहरुले चालकलाई गोली हानेर रेल आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । अहिले सुरक्षा बल घटनास्थलमा पुगेको रिपोर्टमा उल्लेख छ ।

बलुचिस्तान सरकारले आपतकालीन उपायहरू लागू गरेको छ र सबै संस्थाहरूलाई परिस्थितिसँग जुध्न परिचालन गरिएको जानकारी दिएको छ । यसैबीच, सिबी र सिभिल अस्पताल क्वेटामा आपतकालीन अवस्था लागू गरिएको छ। प्रान्तीय स्वास्थ्य विभागका अनुसार, सबै चिकित्सा र प्यारामेडिकल कर्मचारीहरूलाई सिभिल अस्पतालमा बोलाइएको छ र आपतकालीन अवस्थासँग जुध्न धेरै वार्डहरू खाली गरिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.