Connect with us

समसामयिक

नेपाली आप्रवासन समस्याको समाधान गर्न मन्त्रीस्तरीय छलफल

Published

on

नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा मन्त्रीस्तरीय छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी, परराष्ट्र, गृह तथा श्रम मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले  

नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा बुधबार छलफल गरेको हो । 

सो बैठकमा नेपालको श्रम तथा आप्रवासन सहित विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या र समाधानबारे छलफल भएको मन्त्री डा. राणाले जानकारी दिएकी छन् । साथै बैठकमा नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिलाहरु अवैध बाटोबाट गइरहेकाले उनीहरुको सुरक्षाका साथै आगामी दिनमा यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि आवश्यक छलफल भएको थियो । 

विश्वमा रहेका नेपालीहरुको सहयोग तथा उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई परेको समस्याको बारेमा आगामी दिनमा मन्त्रालयबीच समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री डा. राणाले जानकारी दिएकी छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.