Connect with us

अन्तर्राष्ट्रिय

इरानद्धारा कतारस्थित अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडामा क्षेप्यास्त्र प्रहार

Published

on

इरानले कतारस्थित अमेरिकी सेनाको सबैभन्दा ठूलो अल उदैद सैन्य बेसमा ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गरेको छ ।

अल उदैदमा अमेरिकी सेनाको विशाल सैन्य अखडा रहेको छ, जुन मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य बेस हो । यस आक्रमणको जानकारी मंगलबार ढिलो गरी कतारको रक्षा मन्त्रालयले दिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानबाट कतारलाई निशाना बनाएर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । “हवाई रक्षा प्रणालीले सफलतापूर्वक एउटा क्षेप्यास्त्रलाई बीचैमा नष्ट गरिदियो, जबकि दोस्रो क्षेप्यास्त्रले अल उदैद कतारी बेसमा निशाना बनायो यसमा कोही पनि हताहत भएका छैनन्,” विज्ञप्तिमा भनिएको छ ।

इरानले आफ्नो देशमा भएको आक्रमण र शीर्ष नेता अयोतुल्लाह खामेनीलगायतको हत्याको बदलामा अल उदैद बेसलाई निशाना बनाएको थियो । अल उदैदलाई मध्यपूर्वमा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सैन्य अखडा मानिन्छ । सामान्यतया त्यहाँ १० हजार अमेरिकी सैनिक र नागरिक कर्मचारीहरू तैनाथ रहन्छन् । मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सञ्चालन पनि अल उदैद बेसबाटै गरिँदै आएको छ, जुन फ्लोरिडास्थित सेन्ट्रल कमान्डको मुख्यालयसँग जोडिएको छ ।

बुधबार इरानको रिभोलुसनरी गार्ड्सले मध्यपूर्वमा अमेरिकी र इजरायली सैन्य अखडाहरूमा करिब ४० वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.