Connect with us

अन्तर्राष्ट्रिय

मोहम्मद अल बसिर सिरियाका नयाँ प्रधानमन्त्री

Published

on

अन्ततः सिरियाका नयाँ प्रधानमन्त्रीको रूपमा मोहम्मद अल बसिरले नेतृत्व गर्ने भएका छन् । मोहम्मद अल बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । 

बिद्रोही समुह हयात ताहिर अल सामकोतर्फबाट इडलिब सरकारका पूर्वप्रमुख रहेका बसिरलाई संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बशीरलाई संक्रमणकालीन सरकारको प्रधानमन्त्रीको रूपमा चयन गर्ने तयारी गरेको अल जजीरा अरबीले जनाएको छ । 

इडलिब सहर इस्लामवादी लडाकु समूह र यसका सहयोगीको लागि एउटा प्रान्त थियो, जहाँबाट उसले असद सरकारको बिरूद्ध दुई हप्ता अघि आक्रमण सुरु गरेको थियो। ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.