Connect with us

राजनीति

मोहन वैद्य पुनः क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव

Published

on

मोहन वैद्य उर्फ कमरेड किरण पुनः  क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई पाँच वर्षका लागि पुनः सर्वसम्मत महासचिव निर्वाचित गरेको हो । 

काठमाडौंको कीर्तिपुरमा सम्पन्न महाधिवेशनले पार्टीभित्र बहुपदिय व्यवस्था खारेज गरेको थियो । महाधिवेशनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।

महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । महाधिवेशनले ११७  सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.