Connect with us

राजनीति

नेपाल ओलम्पिक कमिटीमा अधिकांश निर्विरोध, अध्यक्षमा भने तीनजनाबीच निर्वाचन

Published

on

नेपाल ओलम्पिक कमिटीको भावी नेतृत्वका लागि अब अध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका लागि हालका अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका अध्यक्ष तेजबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

पर्सी पुस १३ गते हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ता भएको थियो । र, मंगलबारसम्म उम्मेदवारी फिर्ता लिने समयसिमामा उनीहरु कसैले पनि फिर्ता नलिए पछि तीनजना बीचमा प्रतिस्पर्धा हुन लागेको हो । 

उता, कबड्डीकी तुलशा थापा  र जुडोका दीपकहर्ष बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्ष्यमा वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणा निर्बिरोध निर्वाचित भएका छन् ।

प्रतिस्पर्धामा रहेका धेरैजसोले उम्मेदवार फिर्ता लिए पछि एनओसीमा पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपति निर्विरोध भएका छन् ।

महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ पनि निर्विरोध निवार्चित हुदाँ  सहमहासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले  तथा  सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध हुन सफल भएका छन् ।

यता एनओसीको भावी कार्यसमितिमा सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भएको जनाईएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.