Connect with us

अन्तर्राष्ट्रिय

अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक

Published

on

स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो ।

तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ ।

आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ अगाडि बढ्न चाहन्छन् भन्ने बुझाउँछ । स्रोतका अनुसार दूरसञ्चार विभागले स्टारलिङ्कलाई आशय पत्र जारी गरेको हो ।

रिपोर्टका अनुसार यसअघि जियो स्याटेलाइट कम्युनिकेसन र युटेलस्याट वन वेबलाई पनि सोही इजाजतपत्रको लागि स्वीकृति दिइएको थियो। आशय पत्र प्राप्त गर्नुको अर्थ अब स्टार लिंकले आफ्नो सेवा सुरु गर्न अर्को कदम चाल्न सक्छ भन्दा गलत हुनेछैन किनकी स्टारलिंकलाई भारत सरकारबाट हरियो संकेत प्राप्त भएको छ।

स्टारलिङ्क एलन मस्कले सन् २००२ मा सुरु गरेका थिए, यस कम्पनीको उद्देश्य स्याटेलाइट मार्फत विश्वको हरेक कुनामा उच्च गतिको इन्टरनेट उपलब्ध गराउनु हो। अन्य स्याटेलाइट सेवाहरूको तुलनामा स्टारलिङ्क अलि फरक छ । इन्टरनेट उपलब्ध गराउने उपग्रहहरू सामान्यतया पृथ्वीबाट ३६ हजार  किलोमिटर टाढा जियो स्टेशनरी अर्बिटमा हुन्छन् तर स्टारलिंक तल्लो अर्थको कक्षमा अवस्थित छ, जुन पृथ्वीबाट मात्र ५५० किलोमिटर माथि रहेको छ। 

हाल स्टारलिंकसँग ७ हजार स्याटेलाइट नेटवर्क छन्, जसलाई आगामी दिनमा ४० हजार पु¥याउने लक्ष्य कम्पनीको रहेको छ । इन्टरनेट स्पिडको बारेमा कुरा गर्दा, नियमित प्रयोगकर्ताहरूले ५० एमबीपिएस देखि २५० एमबीपीएस सम्मको स्पीड पाउँछन्, जबकी प्रिमियम प्लानहरू छनौट गर्ने प्रयोगकर्तालाई कम्पनीले ५०० एमबीपीएस सम्मको स्पीड दिन्छ। 
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.