Connect with us

समसामयिक

नविन न्यौपाने राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त

Published

on

नविन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नविन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

प्रशिक्षण टिमका तिनै जनालाई अन्तरिम रुपमा जिम्मेवारी दिइएको र उनीहरुले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउने छन् ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.