Connect with us

समसामयिक

नासाले पत्ता लगायो एक वर्षअघि मंगलग्रहमा भएको हेलिकोप्टर दुर्घटनाको रहस्य

Published

on

नासाको इन्जेन्युइटी मार्स हेलिकप्टरले मंगल ग्रहमा पहिलो शक्तियुक्त उडान गरेर इतिहास रचेको थियो तर यो केवल पाँच उडानहरूको लागि तयार थियो। तर, यसले सबै अपेक्षाहरू पार गर्यो र लगभग तीन वर्षमा ७२ उडानहरू पूरा गरेको थियो ।

यी उडानहरूमा हेलिकप्टरले १७ दशमलव ७ किलोमिटरको दुरी तय गरी २ घण्टाभन्दा बढी उडान गरेको थियो तर जनवरी १८, २०२४ मा अन्तिम उडानको समयमा अन्तिम पटक आफ्नो क्षमता प्रदर्शन गरे पछि संचारबाट हराएको थियो।

यो एक साधारण परीक्षण रूपमा डिजाइन गरिएको थियो। यसको उद्देश्य हेलिकप्टरको प्रणाली परीक्षण गर्नु र मंगल ग्रहको सतहको फोटो खिच्नु थियो। यस प्रक्रियामा इन्जिन्युटीले ४० फिटको उचाइमा सफलतापूर्वक आरोहण गरेको थियो। तर, अवतरणको लगत्तै यसको पृथ्वीसँग सम्पर्क टुट्यो । त्यसपछिको अनुसन्धानमा हेलिकप्टरको रोटर ब्लेड अवतरणका क्रममा बिग्रिएको पाइएको थियो ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) र एरोइन्भायरमेन्टका इन्जिनियरहरूले यस दुर्घटनाको गहिरो अनुसन्धान गरेका थिए। अहिले अनुसन्धानले पत्ता लगायो कि इन्जेन्युइटी नेभिगेसन प्रणालीले मंगल ग्रहको जेजेरो क्रेटरको सतह संरचनालाई राम्रोसँग ट्र्याक गर्न नसकेका कारण दुर्घटना भएको थियो । बालुवाको टिब्बा नहुँदा र खाडलमा माथि उठेको सतहका कारण हेलिकप्टरले आवश्यक दृश्य लिन सकेन । यसबाहेक हेलिकप्टर अवतरणको समयमा निकै तीव्र गतिमा रहेको कारण सन्तुलनमा आउन नसकेर खसेको खुलेको छ ।

अवतरणका क्रममा हेलिकप्टरको पिच र रोल राम्ररी अवतरण हुन नसक्दा चारैवटा रोटरका ब्लेड कमजोरी भइ फुटेका थिए । जसका कारण हेलिकप्टरले निकै तीव्र गतिमा कम्पन गर्न थाल्यो र अन्ततः पृथ्वीसँगको सम्पर्क विच्छेद भयो ।

जेपीएलको इन्जेन्यूटीको पहिलो पाइलट हावर्ड ग्रिपले भने, ‘जब तपाईं १०० मिलियन माइल टाढाबाट दुर्घटनाको अनुसन्धान गर्दै हुनुहुन्छ, तपाईंसँग ब्ल्याक बक्स वा प्रत्यक्षदर्शीहरू छैनन्, यो निकै गारहो काम थियो र हो ।’

यद्यपि इन्जेन्यूटीले अब उडान गर्न सक्षम छैन । तर यसले दिएका उपलब्धि र यसको अन्तिम उडानबाट डाटाले मंगल ग्रहमा भविष्यका विमान र हेलिकप्टरहरूको डिजाइन र सञ्चालन सुधार गर्न मद्दत गर्ने भन्ने पक्का छ । परियोजनाले मंगल ग्रहमा संचालित उडानको सम्भाव्यता प्रमाणित गरेको छ र नयाँ मिसनहरूको लागि वैज्ञानिक र इन्जिनियरहरूलाई प्रेरित गरेको छ।

ग्राउन्डेड भएता पनि इन्जेन्यूटीले अझै पनि मौसम र अन्य डेटा परसेवरेंस रोभरसँग साप्ताहिक आधारमा साझा गर्दछ। यो डाटा मंगल ग्रहमा भविष्यका खोजहरूका लागि मात्र उपयोगी छैन तर सानो र हल्का एभियोनिक्सको विकासमा पनि सहयोगी साबित भइरहेको छ।

इन्जेन्यूटीको सफलताले नासालाई “मार्स चोपर” भनिने नयाँ हेलिकप्टर डिजाइन गर्न प्रेरित गरेको छ। यो हेलिकप्टरले मंगल ग्रहको दुर्गम क्षेत्रको स्वतः अन्वेषण मात्र गर्दैन, साथमा वैज्ञानिक उपकरण पनि बोक्ने छ । यो उन्नत डिजाइन मंगल ग्रहको थप गहिरो अध्ययन र सतहको दुर्गम क्षेत्रहरूमा पहुँच सक्षम पार्ने उद्देश्य हो।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.