प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रिपरिषद्को एक सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत वर्षको असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई हिजो साँझ राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गते बर्खास्त गरेका थिए । रिक्त पदमा कांग्रेसको सिफारिसमा गर्बुजालाइ नियुक्त गरिएको हो ।