Connect with us

खेलकुद

बराबरीमा रोकिए नेपाल र म्यान्मार

Published

on

जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् ।

पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।

नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।

यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।

अब फाइनल खेल बुधबार हुने छ । त्यस्तै लेबनानले एक खेल जितेर तेस्रो हुदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.