नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले आफू निर्दोष रहेको पत्र पठाएका छन् । presscouncolnepal (प्रेस काउन्सिल नेपाल) लाई सम्बोधन गर्दै उनले पठाएको पत्रमा nepalmuhar.com लाई कारबाहीको समेत आग्रह गरेका छन I श्रेष्ठको माग अनुसार nepalmuhar.com कारबाहीको भागेदार बन्न तयार छ ।
साथै समाचारको सत्यता र शुद्धतामा nepalmuhar.com सदा झैं पुनः प्रतिवद्धता गर्न चाहन्छ । समाचारको खवरदारी nepalmuhar.com पहिलो सर्त मान्छ । यद्यपि, श्रेष्ठलाई परेको चोटमा nepalmuhar.com दुःख व्यक्त गर्दछ । साथै nepalmuhar.com श्रेष्ठको जीवन सुख, शान्तिको रहोस् र फूलमय बनोस् भन्ने कामना गर्दछ ।