Connect with us

समसामयिक

हङकङमाथि नेपाल ६ विकेटले विजयी

Published

on

नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

नेपालका लागि सम्झना खड्काले सर्बाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।    

यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको थियो । हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् ।

योसँगै नेपाल यस सिरिजमा चौथो भएको छ र अब तेस्रो स्थानको लागि आइतबार खेल्ने भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.