Connect with us

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब

Published

on

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ । 

यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ । 

पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.