Connect with us

समसामयिक

आईसीसी विश्वकप लिग २ मा आज अमेरिकासँग नेपालको प्रतिस्पर्धा

Published

on

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः १५ बजे सुरु हुनेछ ।

लिग–२ मा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ । तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा केन्द्रीत छ ।

यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । दुई टोलीबीच हालसम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ । लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.