Connect with us

समसामयिक

नेपालले अजरबैजानमा उच्चस्तरीय सत्र सञ्चालन गर्दै

Published

on

नेपालले अजरबैजानको राजधानी बाबुमा आज जलवायु परिवर्तनसम्बन्धी एक विशेष सत्र सञ्चालन गर्दै छ । उक्त विशेष सत्रमार्फत नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ । नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय सत्र सञ्चालन गर्न लागेको हो ।

सत्रमा पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीबारे जानकारी दिइनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो । सगरमाथालगायतका हिमालमा हिउँ रित्तिदै जानु, मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे नेपालले विशेष सत्रमार्फत विश्वको ध्यानाकृष्ठ गराउनेछ ।

अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) जारी छ । राष्ट्रपति पौडेलले हिजो उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरिसकेका छन् । त्यसक्रममा राष्ट्रपति पौडे्लले हिमालको सुरक्षा नै पृथ्वीको सरक्षा भएको भन्दै विश्व नेताहरुलाई सचेत गराएका थिए ।

यही कात्तिक २६ सुरु सम्मेलन मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.