Connect with us

खेलकुद

कुवेत माथी ६ विकेटले नेपालकाे जीत, लगातार दाेस्राे जीतले नेपाल उत्साही

Published

on

नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ । 

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हाृ ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउन सफल भएको हो ।

कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । जसका लागि कुशल भुर्तेलले ५० बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरेका थिए भने आसिफ शेखले ३८ बलमा ४ छक्का र दुई चौकसहित ५३ र दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाएर नेपालको जीतलाइ सहज बनाएका हुन् ।

पहिलो विकेटका लागि कुशल र आसिफले १२७ रनको साझेदारी गरेका थिए भने  कुवेतका लागि यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले समान एक एक विकेट लिन सफल भए ।


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।

दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको  । पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.