आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल नेपाली टोली स्वदेश फर्किएको छ । अहिले साँझ स्वदेश फर्किएको खेलाडी समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न आइसीसी यू–१९ महिला टि–२० विश्वकप छनोटको अन्तिम खेलमा युएईको घरेलु टोलीलाई ८ विकेटले पराजित गर्दै हिजो नेपाल विश्वकपमा छनोट भएको थियो । एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा मात्र पराजित भएको थियो ।
विश्वकपमा छनोट यू–१९ महिला क्रिकेट टोली आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा समेत सहभागी हुनेछ ।