Connect with us

समसामयिक

नेपाली महिला क्रिकेट बहराइनसँग भिड्दै

Published

on

नेपाली महिला क्रिकेट टाेलीले आज  बहराइनसँग भिड्दैछ ।

आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे । 

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको  हिजाे हुने भनिएकाे पहिलो खेल रद्द भएको थियाे, जसका कारण दुवै टिमले १-१ अंक बाँडे‌का छन् ।

थाइल्यान्डमा हिजाे देखि सुरु हुने भनिएकाे क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे थियाे । शुक्रबार राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । साे खेल बिहान ८ः४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले हिजाे पहिलाे खेल बिहान ८:१५ बजे हङकङसँग प्रतिस्पर्धा गर्न नपाए पनि शनिवार भने बहराइनसँग खेल्न सक्ने सम्भावना रहेकाे छ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दाेस्राे खेल भाेली बहराइनसँग खेल्नेछ । 

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.