नेपालको एसियाकप छनोटको तेस्रो चरण हारबाट सुरुआत भएको छ । नेपाल समूह ‘एफ’को खेलमा मलेसियासँग २-० ले पराजित भएको हो । नेपालका नयाँ प्रशिक्षकका रूपमा म्याट रस भित्रिएसँगै पहिलो हार गरेको हो ।
यसअघि नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा सिंगापुरलाई हराएको थियो । मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम लार्किन रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपे ।
समूहको अर्को खेलमा भियतनामले लाओसलाई ५-० ले हरायो र शीर्ष स्थानका लागि आफू बलियो प्रत्यासी रहेको प्रमाणित गर्यो । यस नजितासँगै भियतनाम र मलेसिया समान ३-३ अंकमा रहे । नेपाल र लाओस शून्य अंकमा रहे ।यससँगै नेपालको एसियाकप अछोट हारबाट सुरु भएको हो ।