Connect with us

समसामयिक

नेपालको लगातार दोस्रो जीत, अब फाइनल म्यानमारसँग

Published

on

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को जारी खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपालले लेबनान माथी १–० को जीत निकालेको हो ।

यो जीतसँगै घरेलु टोली नेपाल र म्यानमार फाइनलमा भेट्ने पक्का भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले जीत हासिल गरेको हो ।

यो जीतसँगै २ खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।आजको पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५–० ले पराजित भएको थियो ।

करिब १२ हजार घरेलु समर्थकबीच सावित्राले निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छँदा अट्याकिङ मडफिल्डर विमला चौधरीको सेटपीसलाई सदुपयोग गर्दै गोल गरिन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.