Connect with us

अर्थ

नेप्से परिसूचक ५ अंकले घट्यो, २१ अर्बको कारोबार

Published

on

साताको कारोकारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । विहिबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ । 

आज बजार घटेपनि कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रहेको छ । आज ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६२९ किटा शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार भएका थिए ।

आज हाइड्रोइलेक्ट्रीसिटी कम्पनि, नेपाल हाइड्रो डेभलोपर, शुभम पावर, सिटी होटल लिमिटेड र कुथेरी भुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो ।

त्यस्तै आज सबै भन्दा बढी पिपुल्स हाइड्रोको ९.१३ प्रतिशत शेयर घटेको थियो । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५९ करोड ७५ लाख ९९ हजारको कारोबार भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.