Connect with us

राजनीति

नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे

Published

on

नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आईपुगेका छन् । उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन् ।

जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले सुरूमा उल्लेख गरेका छन । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको पनि उनले स्मरण गरेका छन् ।

दुई देशबिचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्ने प्रतिबद्ता जनाएका छन् । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.