काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक अच्युतप्रसाद वाग्ले (विद्यावारिधि) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । वाग्लेले प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम हिजो मन्त्रिपरिषद्का् बैठकबाट उपकुलपति नियुक्त गरेका थिए ।
वाग्लेलाई शपथ गराउँदै कुलपति ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम गर्न निर्देशन दिएका थिए ।
शपथ ग्रहण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए । नवनियुक्त उपकुलपति वाग्ले यसअघि सो विश्वविद्यालयका रजिष्ट्रार थिए ।
✏️ टिप्पणी लेख्नुहोस्