Connect with us

समसामयिक

एनपीएलः आजको पहिलाे खेलमा चितवन र कर्णालीबीच प्रतिस्पर्धा

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को आज दशाैं र एघाराैं खेल हुँदैछ। आजको पहिलाे खेलमा चितवन राइनाेज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुनेछ । 

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । पहिलाे खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।

जनकपुर बाेल्टससँग ८ बिकेटले र काठमाडाैं गाेर्खाजसँग तीन विकेटले पराजित भएकाे कर्णालीलाइ याे खेल जीत्नै पर्ने दबाब रहेकाे छ भने पाेखरालाइ ७२ रनले हराएर अाएकाे चितवन राइनाेजलाइ दाेस्राे खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जाेडे पनि अन्ततः कर्णाली काठमाडाैंसँग ३ बिकेटमा पराजित हुन बिबश भएकाे थियाे ।

आज हुने पहिलो खेलमा चितवनकाे नेतृत्व कुशल भुर्तेलले गर्दैछन् भने कर्णालीबाट साेमपाल कामीले नेतृत्व गर्नेछन्  । 

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

चितवन राइनोज 

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया),  ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.