नेपाल प्रिमियर लिग (एनपीएल) को आज २२ औं र २३ खेल हुँदैछ । आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजकाबीच टक्कर पर्नेछ ।
त्रिवि क्रिेटेट मैदान कीर्तिपुरमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । खेल दिउँसो १ः ०० बजेवाट सुरू हुनेछ ।
आज हुने दोस्रो खेलमा विराटनगरबाट सन्दिप लामिछाने र चितवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन् ।
चितवन राइनोज
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
विराटनगर किंग्स
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।