Connect with us

समाज

काठमाडौं परिसरमा अधिकारी, अपराध महाशाखा बस्नेत

Published

on

प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। 

शुक्रबार राति गरिएको सरुवामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्।

काठमाडौं परिसरमा कार्यरत् एसएसपी वसन्त रजौरे प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरूवा भएका छन्।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी विश्व अधिकारी काठमाडौं परिसर पुगेका छन्।

अनुसन्धान कार्यालयका सानुराम भट्टराई प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएका छन्।

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् रमेशकुमार बस्नेत महाशाखा पुगेका छन्। काठमाडौं परिसर र अपराध महाशाखा सरुवा हुन एसएसपीहरू अत्यधिक शक्तिकेन्द्र धाउन थालेपछि आठ महिनामै प्रमुख फेरिएको हो। 

रजौरेलाई हटाउन बस्नेत धेरै पहिलेदेखि शक्तिकेन्द्र धाइरहेका थिए। तर, उनलाई परिसरमा भने सरुवा गरिएन। बस्नेतलाई महाशाखा पठाएर प्रहरी महानिरीक्षक वसन्त कुँवरले आफ्नो सचिवालयमा कार्यरत् अधिकारीलाई परिसर पठाएका छन्।  

यस्तै, मानव बेचबिखन ब्युरोमा कार्यरत् ओमबहादुर राना अख्तियार पुगेका छन्। गंगा पन्तको कर्णाली प्रदेश, दीपककुमार बस्नेतको प्रहरी प्रदेश कार्यालय सुर्खेत, दीपक रेग्मीको गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्यालय सरुवा भएको छ।

यसैगरी, दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरो, नान्तिराज गुरुङ कर्णाली प्रदेश तालिम केन्द्र, भूपेन्द्र खत्री प्रहरी शिक्षालय भरतपुर, माधव श्रेष्ठ लुम्बिनी प्रदेश प्रहरी, विनोद घिमिरे काठमाडौं उपत्यका ट्राफिक महाशाखा, शेखर खनाल काठमाडौं उपत्यका प्रहरी, श्यामकृष्ण अधिकारी ललितपुर परिसर, सञ्जीव शर्मा दास नेपाली राजदूतावास दिल्ली, सुदर्शन प्रसाद कोइराला लागुऔषध नियन्त्रण ब्युरो र सोमेन्द्रसिंह राठौर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रधान कार्यालयले हालै बढुवा भएका २५ जना एसएसपीको पदस्थापनसमेत गरेको छ।

प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षकसमेत सरूवा गरेको छ। यो सरुवामा केही जिल्लाका प्रहरी उपरीक्षक फेरिएका छन्।

सरुवा अनुसार पर्सामा गौतम मिश्र पुगेका छन्। पर्साका कुमोध ढुंगेल प्रधान कार्यालय सरुवा भएका छन्।

राजन लिम्बू चितवन, रामेश्वर कार्की सिन्धुपाल्चोक, सन्तोष तामाङ बारा, दुर्गाराज रेग्मी नुवाकोट, महेन्द्र श्रेष्ठ काठमाडौं उपत्यका प्रहरी शिक्षालय, प्रजित केसी सशस्त्र प्रहरी गण महाराजगञ्ज, अपिलराज बोहरा जिल्ला प्रहरी परिसर काठमाडौं सरुवा भएका छन्।  

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.