Connect with us

अर्थ

आयल निगम: पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

Published

on

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।  निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको निगमले जनाएको छ ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल–मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू भएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ । सोहीअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.