Connect with us

खेलकुद

सेन्ट लुसियाकी अल्फ्रेडले जितिन् पेरिस ओलम्पिकको महिला १०० मिटर स्वर्ण

Published

on

सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले जारी पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण पदक जितेकी छन् ।

अल्फ्रेडले १०० मित्रको दुरी १०.७२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले स्वर्ण पदकको प्रबल दाबेदार मानिएकी अमेरिकी धावक शाकारी रिचर्डसनलाई हराएकी थिइन् । अल्फ्रेडले सेन्ट लुसियालाई इतिहासमा पहिलो ओलम्पिक पदक दिलाएकी छन् ।

रिचर्डसनले १०.८७ सेकेन्डमा सो दूरी पार गरेर रजत पदक जितेकी छन् । त्यस्तै अमेरिकाकै मेलिस्सा जेफर्सनले १०.९२ सेकेन्डमा सो दूरी पार गर्दै काश्य पदक जितेकी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.