केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ हुने भएको छ । हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो ।
सदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।
उनका अनुसार सो सुनुवाइ प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । सुनुवाइ १२ः३० वाट सुरु हुनेछ ।