Connect with us

समाज

तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा

Published

on

काठमाडौं – तस्करीको आशंकामा प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना४ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदैथियो।

औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजकभन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले बताए।

ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले बताए। ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।  

पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल छन्। पर्सा प्रहरीले तस्करी नियन्त्रणमा सफलता पाइरहेको बताएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.