बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वउपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छेदारलगायत मन्त्रीहरूलाई सफाई दिने विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विशेष अदालतको फैसला विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
ललित निवास प्रकरणमा मुछिएका गच्छेदारलगायत पूर्वमन्त्रीहरुलाई विशेष अदालतका सदस्यहरू डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सफाइ दिएको थियो । विशेष अदालतले २३ फागुन २०८० मा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई भने दोषी ठहर गरेको थियो ।
विशेष अदालतको फैसलाविरुद्ध वरिष्ठ अधिवक्ता न्यौपानेले आज सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।