मन्त्री परिषद बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको सो भेटबार्तामा एमालेवाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालिन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रीपरिषद बैठक अघि यो भेट भएको हो ।