Connect with us

अर्थ

पोखराः सहकारी ठगीमा आजबाट जाहेरीवालाको बयान सुरू हुँदै

Published

on

सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवालाको बयान सुरू हुने भएको छ । हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजवाट जाहेरीवालाहरूको बहस सुरू हुन लागेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । 

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.