Connect with us

राजनीति

उत्तेजक बन्दै रास्वपा, पोखराको प्रर्दशनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

Published

on

सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पोखरामा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।‍ रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । हुन पनि रास्वपा कार्यकर्ताहरु उत्तेजक रुपमा प्रस्तुत भइरहेका छन् ।

तिहारमा हिरासतमै रहेका लामिछानेलाई आज तिहार बिदा सकिनासाथ तेस्रोपटक म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएपछि रास्वपा पुनः आन्दोलित भएको हो। रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइचोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.