Connect with us

राजनीति

सम्पत्ति शुद्धीकरणमा रवि लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरी प्रतिवेदन

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने कास्की प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्ला सरकारी वकील कार्यालय कास्कीमा बुझाएको प्रतिवेदनमध्ये सम्पत्ति शुद्धीकरण काण्डमा मात्र लामिछानेसँग २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको स्रोतले बताएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान प्रतिवेदनमा प्रहरीले लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ । ५१ जना प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख भएको स्रोत बताउँछ ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । प्रहरी प्रतिवेदन गहिराईमा अध्ययन गरेपछि जिल्ला सरकारी वकील कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ । त्यसपछि लामिछानेलगायतमाथि थुनछेक बहस चल्नेछ ।

गत कार्तिक २ गते प्रहरीले लामिछानेलाई काठमाडौंमा पक्राउ गरी कास्की लगेको थियो । त्यस यता उनलाई रुपन्देशी, काठमाडौं, चितवन, पर्सा घुमाउँदै फेरि कास्की प्रहरीकै हिरासतमा लगेर थुनिरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.