Connect with us

समसामयिक

राष्ट्रपतिले गराए पाँच देशका नवनियुक्त राजदूतहरूलाई गोपनीयताको शपथ

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

आज बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयबाट प्रकाशित विज्ञप्ति अनुसार नवनियुक्त राजदूतहरू प्रकाशमणि पौडेल (गणतन्त्र पोर्चुगल), डा. नेत्रप्रसाद तिम्सिना (मलेसिया), प्रा. डा. कपिलमान श्रेष्ठ (गणतन्त्र दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम) र सुम्निमा तुलाधर (डेनमार्क) ले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.