Connect with us

समसामयिक

शहिद गेटमा सभापति कपको ट्रफी अनावरण

Published

on

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत ट्रफी अनावरण  सहिद गेटमा सम्पन्न भएको छ।

सहिद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सभापति कपको ट्रफी  निर्देशन समितिका संयोजक एवम् काँग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन् ।कार्यक्रममा आयोजक टोलीका पदाधिकारी प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो।

महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूले सहिद दिवसको सन्दर्भमा राष्ट्रका लागि बलिदान दिने सहिदहरूको सम्झनामा सहिद गेटबाट ट्रफी अनावरण गर्न उचित लागेको बताएका थिए ।

माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता  अन्तिम चरणमा पुगेको छ। सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन् ।

सभापति कप फुटबल प्रतियोगिता  सबैभन्दा ठूलो पुरस्कार राशि भएको नकआउट फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा विभिन्न ए डिभिजन क्लबहरू सहित उत्कृष्ट खेलाडीहरूको सहभागिता रहँदै आएको छ। यस संस्करणमा पनि प्रतिष्ठित टिमहरू बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.