Connect with us

अर्थ

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

Published

on

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको यसैअवधिको भन्दा १९.७९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।

गत वर्ष उक्त आम्दानी २ अर्ब ८ करोड थियो । यस बैंकको सञ्चालन नाफा पनि १६.४६ प्रतिशतले बढेको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकले यो त्रैमासमा ७१ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

यसको वितरणयोग्य नाफा ५४ करोड २८ करोड रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) भने २.५१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.