Connect with us

राजनीति

पोखरामा निषेधाज्ञा जारी

Published

on

पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् भने सहकारी पिडितहरुले पनि पोखरामा प्रदर्शन गर्न शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.