Connect with us

अन्तर्राष्ट्रिय

पुटिनले ओमानका सुल्तानसँग राखे अमेरिका-इरानबिच बार्ताकाे चासो

Published

on

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ओमानका नेता सुल्तान हैथम बिन तारिक अल सइदसँग इरानको आणविक कार्यक्रमबारे छलफल गरेका छन ।

क्रेमलिनका अनुसार इरान–अमेरिका आणविक वार्ताको छेउमा कूटनीतिक पहल तीव्र गतिमा जारी राखिएको छ। 

ओमानले इरान र संयुक्त राज्य अमेरिका बीच अहिले मध्यस्थता गर्दै आईरहेको बेला उसले रूसी राष्ट्रपति भ्लादिमर पुटिनसँग पनि छलफल गरेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई रोक्नका लागि सम्झौता गर्न खोजिरहेका छन, जुन वाशिंगटनले परमाणु हतियार विकास गर्ने उद्देश्य हो भन्ने शंका गर्दछ । तर, अमेरिकाले लगाएको सो आरोपको भने सदैव इरानले अस्वीकार गर्दै आएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार क्रेमलिनमा एक ब्रीफिङमा पत्रकारहरूलाई भने, ‘यो विषयलाई ओमानले मध्यस्थता प्रयासको सन्दर्भमा गरेको छ, यसमा क्रेमलिनको पनि चासो रहेको छ ।’

क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले पनि दुवै पक्षले इरानी र अमेरिकी प्रतिनिधिहरू बीचको वार्ताको प्रगतिबारे छलफल गरेको उल्लेख गरेका छन ।

‘हामी हेर्नेछौं कि नतिजा के आउँछ। हामी हाम्रा इरानी सहकर्मीहरूसँग नजिकको सम्पर्क राख्छौं। हामी जहाँ सक्छौं, हामी मद्दत गर्छौं,’ उशाकोभले ओमानका बिदेश मन्त्रीसँगको भेट पछि छोटो प्रतिक्रियामा भने ।

ट्रम्पले अमेरिकासँग नयाँ सम्झौता नगरेमा  इरानमा बमबारी गर्ने धम्की दिएका छन् । तर, जवाफमा इरानले भने बमबारीको धम्कीमा कुनै पनि सम्झौता हुन नसक्ने बताइसकेको छ ।

खासमा रुसले जनवरीमा इरानसँग रणनीतिक साझेदारी सन्धि गरेको थियो । पछिल्लो समयमा  ट्रम्प प्रशासनसँग पनि सम्बन्ध सुधार्ने प्रयासमा मस्को लागिरहेको बेला यो भेट भएको हो, जसलाई निकै अर्थपुर्ण रूपले हेरिएको छ ।

सन २०१५ को अघिल्लो ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षरकर्ताको रूपमा इरानसँगको आणविक वार्तामा सहयोगी भएको मस्कोको भूमिका खोजेको छ, जुन ट्रम्पले २०१८ मा अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा त्यागेका थिए । र, अमेरिकाले इरान माथी धेरै खाले प्रतिबन्ध पनि लगाएको अवस्था छ।

पुनः निर्वाचित भए पछि ट्रम्पले इरान माथी धावा बोलेका छन् तर रुसले भने इरानविरुद्ध कुनै पनि अमेरिकी सैन्य कारबाही अवैध हुने चेतावनीसमेत दिइसकेको छ ।

त्यसो त रूसी र ओमानी टेलिभिजनहरूमा भने पुटिन र सुल्तानका बिचमा रुसी ऊर्जा कम्पनीहरू ओमानसँग सम्बन्ध विकास गर्न चासो राखेको देखाइएको उल्लेख गरेका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.