Connect with us

समसामयिक

रवि लामिछाने चितवन जिल्ला अदालतमा, न्यायाधीश ढकालको इजालसमा बयान

Published

on

सहकारी प्रकरणमा पुर्व गृहमन्त्री रबि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएकाले उनी आज जिल्ला अदालत, चितवनमा उपस्थित भएका हुन् ।

आजवाट बहस सुरू हुने लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको जनाइएको छ ।

लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भए पछि उनी बयान दिन चितवन पुगेका हुन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.