Connect with us

अर्थ

रसुवागढी नाका आजबाट पुनः आयो सञ्चालनमा

Published

on

नेपाल चीनबिचको रसुवागढी अन्तर्राष्ट्रिय नाका आज (१७ पुस) बाट पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । गएको २४ असारमा ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि यो नाका पूर्ण रूपमा बन्द भएको नाका थियो । आज बिहीबार बिहानदेखि पूर्ण क्षमताका साथ पुनः सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिएका छन् ।

चीन सरकारले ९१ मिटर लम्बाइको बेलीब्रिज निर्माण गरेपश्चात् नाका सञ्चालनमा ल्याइएको प्रजिअ पन्थीले बताए । उक्त पुलको भारवहन क्षमता ५५ टन बराबर छ । नाका खुलाइएपश्चात् चिनियाँ सामान आयातका निम्ति आठ नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जान तयारी अवस्थामा रहेको बताए । सामान आयातको करबाट संकलन हुने राजस्व गत वर्षको तुलनामा यसपालि हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

स्याफ्रुबेँसी–रसुवागढीखण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिएको सवारीचालक रसुवाको यार्साका सुकु तामाङले बताए । असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेको थियो । गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरेर बाटोको ट्रयाक मात्र खोलेको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.