Connect with us

समसामयिक

रौतहट प्रहरीः ६ महिनामा अढाई करोड राजश्व संकलन, ६६ तस्कर पक्राउ

Published

on

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले बिगतको तुलनामा राजस्व संकलन देखी आपराधिक क्रियाकलाप लगायत चौतर्फी सुधार आएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीवार सार्वजनिक गरेको ६ महीने प्रगती विवरणमा गत आर्थिक वर्षको  ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा चौतर्फी प्रगति देखिएको छ। 

गत साउन देखी पुस मसान्त सम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको बिभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई रिक्सा, १०८ थान मोटरसाईकल, साइकिल १४ थान बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको एसपी घिमिरेले बताएका छन्।

हुण्डी कारोबारबाट १५ लाख रुपैयाँसहित ३ जना मानिसलाइ पक्राउ गरेको छ। प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकिल र चोरीमा संलग्न २४ जना मानिसलाइ पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।

सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्धा दर्ता भएको मध्ये ५ वटा फर्छौट भएको छ । गत आवको सोही अवधिमा ४ वटा कर्तब्य ज्यान सम्बन्धि मुुद्धा दर्ता भएकोमा २ वटा फर्छौट भएको थियो।
त्यस्तै, जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएको छ। गत आवको सोही अवधिमा २१ वटा मुद्धा दर्ता भएको र १६ वटा फर्छौट भएको थियो । लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फर्छ्यौट, गत आवको सोही अवधीमा ११ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छौट भएको थियो ।

यसैगरी हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको छ । चालू आवको ६ महिनामा चोरी सम्बन्धि ३८ मुद्धा दर्ता र सबै फर्छ्यौट गत आवको सोही अवधिमा  ३५ वटा मुद्धा दर्ता तथा फर्छौट भएको थियो । 

मुद्रा सम्बन्धि ४ वटा मुद्धा दर्ता र सबै फर्छौट भएको छ । एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ६ महिनामा २ सय ६४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

राष्ट्रिय तथा सामुदायिक वन बाट तस्करले अबैध रुपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रमा लिएको थियो। उक्त कारवाहीबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरिएको  थियो।

उता, रौतहटस्थीत ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधनलाई गरेको कारवाहीबाट ६८ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांक उल्लेख छ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.