Connect with us

राजनीति

रवि लामिछाने पोखरा एअरपोर्टमा, पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगञ्ज लगिने

Published

on

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ पर्सा लैजान पोखरा विमानस्थल ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगञ्ज लैजान अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थ ल्याइएको हो ।

प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ अनि काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.