Connect with us

समसामयिक

रवि लामिछाने आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै

Published

on


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत लामिछाने विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएकाले उनी त्यहाँ उपस्थित हुन लागेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका उनी जिल्ला अदालत कास्कीको ६५ लाख धरौटीमा छोड्नु भन्ने आदेशपछि धरौटी बुझाएर हिजो बिहिबार बेलुका रिहा भएका थिए ।

रविलाई अदालतमा आफैँ हाजिर हुने सर्तमा कास्की प्रहरीले छाडेको थियो । त्यही अनुसार उनी आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने उनको सचिवालयले जनाएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.