Connect with us

राजनीति

रवि लामिछानेलाई अदालतमा पुर्याइयो

Published

on

सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । 

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो ।  

अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.