Connect with us

राजनीति

आजबाट पर्सामा रवि लामिछानेको बयान सुरु गरिने

Published

on

पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग आजबाट पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइने भएको छ। लामिछानेलाई हिजो मात्र पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याईएकोमा आजट बयान सुरू गर्न लागिएको हो ।

हिजो साँझ वीरगञ्ज पुर्याएर उनको स्वास्थ्य परीक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि त्यहाँ लगेको जनाएको छ ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । त्यस यता उनलाई रुपन्देही, काठमाडौं, चितवनलगायत स्थानमा घुमाइँदैछ ।

जिबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा लामिछाने पनि संलग्न भएको प्रमाण भेटिएपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ । अब आज मंगलबार बिहानबाट वीरगञ्जमा उनको बयान सुरू हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.